नेत्री मुन्नी श्रीवास्तवको पहलमा मीनादेवीको अन्तिम संस्कार

नेत्री मुन्नी श्रीवास्तवको पहलमा मीनादेवीको अन्तिम संस्कार

वीरगंज १० बैशाख

वीरगंज महानगरपालिका- १६ नगवा निधन भएपछि वडा कार्यालय र टोलवासी ले सहयोगी भूमिका नदेखाए पछि निवासी ज्येष्ठ नागरिक मीनादेवी पटेलको अन्तिम दाह संस्कार नेत्री मुन्नी श्रीवास्तवले वीरगंज महानगरपालिका वडा नं १० स्थित अशोक बाटिका आर्यघाटमा गरेकी छन्।

आर्थिक समस्याले पीडित मृतक पटेल भीख मागेर आफू र आफ्‌नी एकमात्र नातिनी सुलेखाको जीवन गुजारा गर्दै आएकी मिना देवी पटेलको सोमवार उनको मृत्यु भएको थियो।

सो घटना बारे सूचना पाएर मुन्नी श्रीवास्तव काठमाडौबाट आएर रातिको समयमा आफै शवलाई ठेलामा राखेर अशोक वाटिका आर्यघाटमा अन्तिम संस्कार गराएकी थिइन् ।

मृतक पटेललाई नातिनी सुलेखाने दागबत्ती दिइन् र अहिले मुन्नी श्रीवास्तवकै धर्मा किरियामा पनि बतेकी छन्।

टोलका एक दुई जना महिला पुरुषले मात्र उनलाई यो कार्यमा सघाए‌का थिए। रातिपख श्रीवास्तवले मृतक पटेलको अन्तिम संस्कार अशोकवाटिकामा गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ।

मृतक पटेलको नातिनी सुलेखा अहिले कक्षा १२ मा आययनरत छिन् । उनको अध्ययनमा टोल छिमेकका मानिसहरुन्ने सह‌योग गर्दै आएका थिए। सुलेखाकी बामा मृतक मीनादेवीकी एकमाप छोरी थिइन्।

सुलेखा जन्मेपछि उनी दुधे बालिकालाई छाडेर बेपत्ता भाएकी थिइन् र अहिले सम्म सुलेखालाई हजुरआमा मृतक मीनादेवीले भीख मागेर टोल छिमेकीको भाडा माझेर भरपोषण र अध्ययन गराउँदै आएकी थिइन् ।

सार्वजनिक जग्गामा फुसको छाप्रोमा हजुर जामासँग जीवन बिताउँदै आएकी सुलेखा अहिले अभिभावकविहीन भएकी छन्। आफ्‌नो घरमा सुनेखा हजुरआमाको किरिया बसेकी र १३औं दिनको पुण्यतिथि पनि आफ्‌नै घरबाट गरिदिने एमालेकी केन्द्रीय सदस्य मुम्नी श्रीवास्तवले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।