जनकपुरमा पाकिस्तानको झण्डा र सेना प्रमुखको पुत्ला जलाइयो

जनकपुरमा पाकिस्तानको झण्डा र सेना प्रमुखको पुत्ला जलाइयो

बैशाख १६ जनकपुर

जनकपुरधाम१६ बैशाख

भारतको कश्मीरमा पर्ने पहलगाममा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

 

आज संजय यादवको अगुवाइमा नेपाल–भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा गरिएको प्रदर्शनमा पाकिस्तान र आतंककारीविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले पाकिस्तानी सेना प्रमुख नजरल असीम मुनिरको पुत्ला र पाकिस्तानी झण्डा समेत जलाएका छन् ।

उनीहरुले आतंकवाद मुर्दावाद, मानवताको रक्षा गर, हिन्दूको हत्या बन्द गर, आतंककारीलाई फासी दे, पाकिस्तान मुर्दावाद जस्ता नारा लगाएका थिए ।

पहलगाम हमलामा बुटबलका सुदिप न्यौपानेसहित २८ जना मारिएका थिए । हाम्रो नेपालको सुदीप न्यौपाने लगायत का लागि बिरोध सभा एवम श्रदान्जली सभा को आयोजना भएको थियो जसमा नेताहरु सँजय सिंह, बिभा ठाकुर, सँजय कुमार चौधरी, रमन पाण्डे, अनिल महासेठ, राजिव क्षा, कृष्ण सिंह, सुनिल यादव,उमेश मण्डल, राजु चौधरी, सगुन पशवान,दीपक क्षा, पुनम क्षा, बिन्दु ठाकुर, गुलो देवी पशवान, सुनिल यादव लगायतका नेताहरुको उपस्थिति थियो…जसमा पाकिस्तान आर्मीका मुर्दाबाद, पाकिस्तान सरकार मुर्दावाद, लगायतका नाराबाजी गर्दै पाकिस्तान आर्मीका पुत्ला समेत जलाएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।