पर्साको बहुदरमाईमा क्रिकेट मैदान निर्माण सुरु
पर्साको बहुदरमाईमा क्रिकेट मैदान निर्माण सुरु

वीरगञ्ज ४ जेष्ठ
पर्साको बहुदरमाई नगरपालिका–२ पिपरामा आइतबार क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको छ। नेकपा एमालेका युवा नेता शिव पटेलले शिलान्यास गरेका हुन्।
तिलावे नदी किनारको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्दै २५ लाख रुपैयाँको लागतमा क्रिकेट मैदान निर्माण हुन लागेको हो। उक्त बजेट मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयले विनियोजन गरेको हो।
नेता पटेलका अनुसार मन्त्री प्रमोद जयसवालको पहलमा सुरु गरिएको यो परियोजनाले स्थानीय क्रिकेटप्रेमीहरूलाई नियमित अभ्यास तथा खेल आयोजनाका लागि समर्पित संरचना उपलब्ध गराउनेछ।






