बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव पक्राउ

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव पक्राउ

वीरगंज ६ असार
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहान पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।

आयोगले दिएको जानकारी अनुसार, पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गर्दै अवैध रूपमा घुस लिएको आरोपमा श्रीवास्तवलाई पक्राउ गरिएको हो ।

श्रीवास्तवमाथि अनुसन्धानका क्रममा सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

आयोगले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार यस्ता क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएको छ । संभार : वीरगंज सिटी न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।