युवा संघको उप–महासचिव तथा मधेश प्रदेश ईन्चार्जमा अनिल पटेल चयन

वीरगंज २ भदौ । पर्सा जिल्लामा बिगत डेढ दशक देखि सक्रिय रहेका युवा नेता अनिल पटेल युवा संघ नेपालको उप–महासचिव तथा मधेश प्रदेश ईन्चार्जमा चयन भएका छन् । पटेल ईन्चार्जमा चयन भएको सार्वजनिक भए पछि पर्सा समाजवादीमा रहेका उनका बिरोधीहरुले पानी बिनाको माछा जस्तै छटवटाउन थालेको बुझिएको छ ।
सञ्जीव राईको नेतृत्वमा गठन गरिएको २२१ सदस्यीय नयाँ केन्द्रीय कमिटीमा पटेललाई सो जिम्मेवारी दिइएको हो । पटेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपाल पर्साको ईन्चार्जको भुमिकामा रही काम गर्दै आएका थिए ।
नयाँ नेतृत्वको कमिटी पूर्व प्रधानमन्त्री झलनाथ खनाल निकट नेताहरूको सक्रियतामा बनेको हो । माधव नेपाल पक्षधर रोशन थापा नेतृत्वको कमिटी प्रति असन्तुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरिएको जनाइएको छ ।
सञ्जीव राईको अध्यक्षतामा बनेको नयाँ कमिटीमा मधेश प्रदेशबाट अन्य धेरै युवा नेताहरू पनि समावेश भएका छन् । उप–महासचिव अनिल पटेल सँगै अनुशासन आयोग प्रमुखमा शैलेन्द्र यादव, कोषाध्यक्षमा मोहन विक्रम पाण्डे चयन भएका छन् ।
यसैगरी, केन्द्रिय आयोजक कमिटीमा मधेश प्रदेशबाट राज श्रीवास्तव, उपेन्द्र पटेल, मनोज सिंह, सन्दीप पटेल, लालबाबु मण्डल, तारकेश्वर चौबे, दीपेश अधिकारी, बजरंगी यादव, हरिओम साह, माधव यादव, शुशिला चौधरी, लता मण्डल, दीपक कुमार साह, विनय प्रविन, मुकेश गोइत यादव, जायनाथ साह लगायतका युवा नेताहरू चयन भएका छन् ।
नयाँ कमिटीले संगठनलाई थप बलियो बनाउँदै मधेशमा समाजवादी विचारधाराको सशक्त प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।