युवा संघ नेपालको मधेश प्रदेश बैठक सम्पन्न, असोज २५ गते प्रदेश भेला हुने

वीरगंज ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भातृ संगठन युवा संघ नेपाल मधेश प्रदेशको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । बर्दिवासको चिया चौतारी होटलमा सम्पन्न बैठकले आउदो असोज २५ गते सर्लाही जिल्लामा मधेश प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ ।
पार्टी पंक्तिले संगठनमा क्रियाशिल र सक्रिय युवाहरूलाई र कृष्ण कुमार बिश्वकर्मा नेतृत्वको युवा संघलाई पाखा लगाउने काम गरेकोले देशभरीका युवा नेताहरुको समुहले सँजिप राईको नेतृत्व नयाँ कमिटी गठन गरेको जनाईएको छ ।
केन्द्रिय सचिव माधव प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो बैठकमा प्रमुख अतिथि प्रदेश इन्चार्ज एवं उप–महासचिव अनिल पटेल, विशिष्ठ अतिथिमा लेखा उप प्रमुख भोजराज हुमागाईं, केन्द्रिय सदस्यहरू राज श्रीवास्तव, सन्दीप पटेल, दीपक साह लगायत दर्जनौं केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।






