काठमाडौंमा सञ्चारकर्मी सम्पर्कविहीन

काठमाडौंमा सञ्चारकर्मी सम्पर्कविहीन

काठमाडौं १६ भदौ

काठमाडौंको सुकेधारा निलो पुल नजिकैको १३ गेट क्षेत्रबाट रेडियो सरोकार एफ.एम. ९८.५ मेगाहर्जका सञ्चालक प्रवेश चौधरी सम्पर्कविहीन भएका छन्।

बारा जिल्ला प्रसौनी गाउँपालिका–२ निवासी चौधरी शुक्रबार राति करिब ८ बजेदेखि सम्पर्कमा आउन नसकेको उनका परिवारजनले बताएका छन्। त्यसभन्दा पछिदेखि उनले परिवार वा साथीभाइसँग कुनै सम्पर्क राखेका छैनन्।

चौधरीको व्यक्तिगत मोबाइल नम्बर ९८१५२०१५५६ मा समेत सम्पर्क हुन नसकेको र अहिलेसम्म उनको अवस्था अज्ञात रहेको परिवारको भनाइ छ।

घटनाबारे प्रहरीले खोजी कार्य अगाडि बढाइरहेको जनाएको छ।

जो कोही व्यक्तिले चौधरीको अवस्थाबारे जानकारी पाएमा नजिकैको प्रहरी चौकीमा वा तलका नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छः
???? ९८२१६४६४७९
संभार: टक नेपाल टिभी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।