बंगलादेश घटनाप्रति राष्ट्रिय एकता अभियानको भर्त्सना
बंगलादेश घटनाप्रति राष्ट्रिय एकता अभियानको भर्त्सना

काठमाडौं ६ पुस
बंगलादेशमा हिन्दू युवक दीपू चन्द्र दासको हत्या गरिएको घटनाप्रति राष्ट्रिय एकता अभियानले कडा भर्त्सना गरेको छ। अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा घटनालाई अमानवीय र निन्दनीय बताउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा सजाय दिन माग गरिएको छ।
विज्ञप्तिमा बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरूको जीवन, सम्पत्ति र धार्मिक आस्थाको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।
साथै हिंसात्मक कट्टरवादविरुद्ध कडा कदम चाल्न र लोकतन्त्र पुनःस्थापनाका लागि निष्पक्ष निर्वाचन गराउनुपर्ने माग पनि गरिएको छ।






