सप्तरीमा मैथिली भिडियो ‘सिसा जेका दिल बोल’ को भव्य प्रोमोटिङ कार्यक्रम सम्पन्न
सप्तरीमा मैथिली भिडियो ‘सिसा जेका दिल बोल’ को भव्य प्रोमोटिङ कार्यक्रम सम्पन्न

सप्तरी १३ पुस
मधेस प्रदेशको सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपालिका–स्थित ग्रीन गार्डेन आर.बि. होटलमा सप्तरी कलाकार संघ नेपालद्वारा आयोजित मैथिली भिडियो ‘सिसा जेका दिल बोल’ गीतको प्रोमोटिङ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता सप्तरी कलाकार संघ नेपालका अध्यक्ष करण शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा तिलाठी कोईलाडी गाउँपालिका वडा नं. २ का युवा वडा अध्यक्ष कमल मण्डलको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिहरूमा सप्तरी कलाकार संघ नेपालका उपाध्यक्ष कामेश्वर प्रदेशी, सचिव तथा पत्रकार निखिल, कोषाध्यक्ष तथा शर्मा क्रिएशनका प्रोप्राइटर तेज नारायण (चुनु) शर्मा, सह–सचिव तथा राष्ट्रिय लोकदोहोरी संघका सचिव सरोज सूर्यवंशी, ड्रीम नेपाल युवा संघका अध्यक्ष कमल किशोर साह, डा. सूर्य नारायण यादव, सागर विरकरारी, मैथिली सान युट्युब च्यानलका प्रोप्राइटर महेश्वर मण्डल, प्रदेश नं. १ बाट आउनुभएका निर्देशक तथा कोरियोग्राफर मिस्टर ज्याक, बुलबुल रेकर्डिङ स्टुडियोका प्रोप्राइटर ब्रह्मदेव सुनरैत लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रम व्यवस्थापन गर्ने विजय डिजे तथा कोरियोग्राफर, राष्ट्रिय बजरंगदलका अध्यक्ष आकाश यादव, युवा नेता डा. सिकेन्द्र मण्डल, अभिनेता विकी विवेक, युवा नेता दिपु यादव, अभिनेता विनोद यादव, मैथिली क्षेत्रमा ख्याति प्राप्त गायक सरोज सन्त, प्रकाश शर्मा, गायिका ज्योती, संजु मण्डल, मेकअप कर्मी जलसा मण्डल, रिमझिम स्टुडियोका प्रोप्राइटर विरुदास, मो. कादिर कुरैसी, अंजन यादव, विकास इसर, युवा नेता चितरंजन यादव, गीतकार अक्षय यादव, सन्तोष पण्डित लगायतका कलाकार तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा ‘सिसा जेका दिल’, ‘हमर तोइड देलिए’ भिडियो एल्बमका चर्चित कलाकार विजय पण्डित, विनित ऋषि, मो. अफजल कुरैसी, गायक सन्तोष, आमात सहित मधेस प्रदेशका विभिन्न कलाकार,आइशा विक,,टिकटक स्टार तथा सामाजिक सञ्जाल प्रेमीहरूको ठूलो उपस्थिति देखिएको थियो।
कार्यक्रममा बोल्ने अधिकांश अतिथिहरूले मिथिला–मैथिली गीत–संगीतलाई छाडापनबाट जोगाउन सबै कलाकार सचेत हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले मैथिली कला, संस्कृति र मौलिकताको संरक्षण गर्दै गुणस्तरीय सिर्जनातर्फ अग्रसर हुन आग्रह गरे।
कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि कमल मण्डलले मिथिला–मैथिली क्षेत्रको गीत–संगीत अझै परिष्कृत, संस्करणीय र सभ्य हुनुपर्नेमा जोड दिँदै यस विषयमा सम्पूर्ण कला प्रेमीहरूको ध्यानाकर्षण गराउनुभयो। साथै उहाँले साँचो कलाकारको हौसला र उत्साह बढाउन आफू सधैं संस्करणीय कलाकारहरूको साथ र सहयोगमा तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम समापन गर्दै अध्यक्ष करण शर्माले आगामी दिनहरूमा मिथिला–मैथिली क्षेत्रको हितमा हुने गीत–संगीत निर्माणमा संघ सक्रिय रहने बताउँदै यस्ता प्रोमोटिङ कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। साथै साना तथा नयाँ कलाकारहरूलाई समेत अगाडि ल्याई अवसर प्रदान गरिने उहाँको भनाइ थियो।
यस किसिमका कार्यक्रमले मैथिली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक तथा सहभागीहरूले व्यक्त गरेका छन्।






