गहवामाइँ मन्दिरमा पूजापाठपछि कांग्रेस उम्मेदवार रुंग्टाको चुनावी अभियान औपचारिक सुरुआत

गहवामाइँ मन्दिरमा पूजापाठपछि कांग्रेस उम्मेदवार रुंग्टाको चुनावी अभियान औपचारिक सुरुआत

वीरगन्ज, ११ माघ

नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुंग्टाले आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्। उनले अभियानको प्रारम्भ वीरगन्जस्थित ऐतिहासिक तथा धार्मिक गहवामाइँ मन्दिरमा पूजापाठ गरेर गरेका हुन्।

धार्मिक अनुष्ठानपछि उम्मेदवार रुंग्टाले मतदातामाझ पुग्ने जनसम्पर्क अभियान अघि बढाएका छन्। उनको सचिवालयका अनुसार निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार, कार्यकर्ता परिचालन, मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिइएको छ।

चुनावी मैदानमा उत्रँदै रुंग्टाले पर्सा–१ मा कांग्रेसको संगठन मजबुत रहेको दाबी गर्दै विकास, रोजगारी, सुशासन र जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। उनले जनताको विश्वास र समर्थन जितेर जिम्मेवार प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आगामी दिनमा क्षेत्रभरि व्यापक रूपमा चुनावी सभा, अन्तरक्रिया तथा जनसंवाद कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको सचिवालयले जनाएको छ। कांग्रेसको तर्फबाट उम्मेदवार बनेपछि रुंग्टाले पार्टीको नीति, विचार र ऐतिहासिक योगदानलाई आधार बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।