अजय चौरसियाको जित सुनिश्चित गर्न पर्सागढी–३ मा कांग्रेसको वडा स्तरीय अगुवा कार्यकर्ता भेला

अजय चौरसियाको जित सुनिश्चित गर्न पर्सागढी–३ मा कांग्रेसको वडा स्तरीय अगुवा कार्यकर्ता भेला

वीरगंज २० माघ

पर्सा जिल्ला क्षेत्र नं. २ का नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय कुमार चौरसियाको जित सुनिश्चित गर्ने उद्देश्यले पर्सागढी नगरपालिका वडा नं. ३ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष सुकमान तामाङको अध्यक्षतामा सम्पन्न भेलामा संगठन सुदृढीकरण, मतदाता सम्पर्क अभियान र आगामी निर्वाचनका लागि चुनावी रणनीतिमा केन्द्रित छलफल गरिएको थियो।

भेलामा पूर्व मेयर लोकनारायण यादव, श्याम पटेल, छिन पाख्रिन, प्रेम लामा, रामराज चौधरी, करिश्मा चौधरी, सुन्दर मैनाली र भगवत चौधरीलगायत कांग्रेसका नेताकार्यकर्ता तथा अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उम्मेदवार अजय कुमार चौरसियाले कांग्रेस विकास, लोकतन्त्र र समावेशी शासनको पक्षमा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै भने,

“पर्सा क्षेत्र नं. २ लाई विकास र सुशासनको नमूना क्षेत्र बनाउने हाम्रो संकल्प छ। यसका लागि वडा तहदेखि संगठन बलियो बनाउँदै जनतासँग प्रत्यक्ष संवाद आवश्यक छ।”

उनले आगामी निर्वाचनमा कांग्रेसको जितका लागि घरदैलो अभियान, टोलस्तरीय भेला र जनसम्पर्क कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाइने स्पष्ट पारे।

भेलामा सहभागी अगुवा कार्यकर्ताहरूले अजय कुमार चौरसियाको नेतृत्वमा नेपाली कांग्रेसलाई विजयी गराउन एकताबद्ध भएर सक्रिय रूपमा मैदानमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।