सनातन हिन्दू राष्ट्र र रामराज्य स्थापनाको उद्घोषसहित पर्सागढीमा संतोष पटेलको चुनावी घरदैलो

सनातन हिन्दू राष्ट्र र रामराज्य स्थापनाको उद्घोषसहित पर्सागढीमा संतोष पटेलको चुनावी घरदैलो

वीरगंज २० माघ
पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नं. ६ बागेश्वरी र वडा नं. ८ हरपुरमा नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले आज सशक्त हिन्दुवादी राजनीतिक एजेन्डा सहित घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता” तथा “हर हर कमल, घर घर कमल” नाराले क्षेत्र गुञ्जायमान बनाउँदै गरिएको घरदैलो अभियानमा उम्मेदवार पटेलले नेपाललाई सनातन हिन्दू राष्ट्रका रूपमा पुनः स्थापित गर्ने, रामराज्यको अवधारणामार्फत न्याय, सुशासन र नैतिक शासन व्यवस्था लागू गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

कार्यक्रमका क्रममा नेपाल जनता पार्टीले हिन्दू धर्म, संस्कृति, मठ–मन्दिर र परम्पराको संरक्षण, भ्रष्टाचारमुक्त समाज निर्माण, कडा सुशासन, शिक्षा र स्वास्थ्य क्षेत्रमा राष्ट्रवादी सुधार, विकास र सुरक्षा, तथा रोजगारी सिर्जनामार्फत क्षेत्रको समृद्धि आफ्नो प्रमुख राजनीतिक प्रतिबद्धता रहेको स्पष्ट पारेको छ। पार्टीले युवा, महिला र विद्यार्थी वर्गलाई राष्ट्र निर्माणको अग्रपङ्क्तिमा ल्याइने नीति अघि सारेको छ।

यसै अवसरमा उम्मेदवार सन्तोष पटेलसहित पार्टीका नेताकार्यकर्ता तथा समर्थकहरूले ऐतिहासिक तीर्थस्थल श्री पर्सागढीमा सामूहिक पूजा गरी राष्ट्रको अखण्डता, धर्मको रक्षा र समाजको समुन्नतिका लागि प्रार्थना गरेका थिए।

घरदैलो कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने नेपाल जनता पार्टीले आगामी निर्वाचनमा राष्ट्र, धर्म र जनताको पक्षमा अडिग भएर लड्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।