प्रमुख गौतमको आर्शिवादले बिचौलिया हरि र उनका बुवा महेन्द्र सवारी शाखामा आतंक मच्चाउदै
प्रमुख गौतमको आर्शिवादले बिचौलिया हरि र उनका बुवा महेन्द्र सवारी शाखामा आतंक मच्चाउदै

अजय चौरसिया
वीरगंज २ पुस
यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख कमल गौतमको आर्शिवादले बिचौलिया हरि साह भन्ने हरिवंश प्रसाद गुप्ता र उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहको भ्रष्टाचारजन्य कार्यहरु पटक–पटक प्रकाशमा आए पनि नियमनकारी निकाय हालसम्म मौन रहेको पाईएको छ ।
हरि साह लेखनदास वा कर्मचारी नभए तापनि उनी सेवाग्रहीहरुलाई आकर्षित गर्दै सनाखत नामसारी गर्ने गराउने गरेको काममा माहिर देखिएका छन् । नारायणघाट, चितवन, मकवानपुर, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन साहुहरु सँग प्रति ब्लुबुक ४ देखि ५ हजार सम्म रकम असुली सवारी शाखाका केही अधिकृतहरुलाई प्रलोभनमा पारी प्रति ब्लुबुक २ देखि ३ हजार सम्म दिई सनाखत नामसारी गर्ने गराउने गरेको स्रोतको भनाई रहेको छ । जुन कानुन बिपरितका कार्यहरु हुन् ।
सवारी नामसारी गराउनका लागि लिने र दिने दुबै व्यक्तिको अनिवार्य उपस्थिति हुने नियम रहे पनि रकमको बलमा यस्तो कार्य हुदै आईरहेको स्रोतले जनाएको छ । हरि पछिल्लो समय यामाहा कम्पनिको कर्मचारीको रुपमा काम गर्दै सो कम्पनिको आडमा अनियमित कार्य गर्दै आईरहेको समाचार प्रकाशमा आए पछि सो कम्पनिले उनलाई यामाहाबाट हटाएको मोटरसाईकल फाँटमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताएका छन् ।
यदि नियमनकारी निकायले हरिको मैसेन्जर चेकजाँच गरेर अनुसन्धान प्रक्रिया अगाडि बढायो भने उनको अनियमित एवं भ्रष्टाचारजन्य कार्यहरु घाम जतिकै छर्लङ्ग हुने ती मोटरसाईकल फाँटमा कार्यरत्त व्यक्तिको दाबी रहेको छ । सयकडौं सनाखत नामसारी गराएका बिचौलिया हरिले ब्लुबुकमा मात्र आधिकारिक अधिकृत सरोज आचार्य र लेखाप्रमुख उपेन्द्र यादवलाई घुसको रकम दिई सही गराई सेवाग्रहीहरुलाई दिएको र सो सनाखत नामसारीको हालसम्म मोटरसाईकल रजिस्टरको ढाडामा नचढाईएको समाचार स्रोतले जनाएको छ ।
तर सेवाग्रहीहरु ढाडामा पनि चढेको विश्वस्त हुदै फर्केको बताईएको छ । कानुन बिपरित गर्दै नगर्ने कार्य बिचौलिया हरि साह सँग मिली ब्लुबुकमा सही गर्ने अधिकृतहरु आचार्य र यादव ढाडामा नचढाई सेवाग्रहीहरुलाई उल्लु बनाउदै पठाउने गर्ने गरेको ती स्रोतको भनाई रहेको छ ।
कार्यालय प्रमुख कमल गौतमले सवारी शाखाको फाँटै पिच्छे बेतल्बी कर्मचारीहरु राखी कार्यालयलाई भ्रष्टाचारको आँखडा बनाई सेवाग्रहीहरुको बिचौलिया सँग काम गराउदै रकम असुल्दै आएको एक अर्को स्रोतको भनाई रहेको छ ।
करिब २०६८ साल देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहले पटकेको रसिद पनि काटदै आएका छन् । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको बताईन्छ ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको बताईन्छ । पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजार रुपैया घुसको रकम असुल्ने गर्ने गरेको ती स्रोतको भनाई रहेको छ । बिचौलिया हरिले सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेर र यस अनलाईनको मोबाईल फोनमा फोन गरेर सवारी शाखामा ९८ प्रतिशत सवारी सनाखत नामसारी हुन्छ र म प्रत्येक दिन ४÷५ वटा गर्ने गराउने गरेको स्वीकार गरेको स्किनसर्ट र अडियो रेकर्ड प्रमाणको रुपमा सुरक्षित रहेको छ ।
तर पनि यातायात व्यवस्था कार्यालय वीरगंजको कमाईबाट मात्तिएका प्रमुख गौतमले बिचौलिया हरि र उनका बुवा कार्यालय सहयोगी महेन्द्रलाई “दिन दुगुना रात चौगुना” बढावा दिदै जाँदा सेवाग्रहीहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।





