प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.क.द्वारा जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन

प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.क.द्वारा जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन

रौतहट २१ माघ/ प्रेमचन्द्र झा

नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.क.ले अनुगमन भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बि.क.ले जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखसहित उपस्थित प्रहरी कर्मचारीहरूलाई जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापनलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो।

यसका साथै जिल्लाभित्र रहेका सीमा नाकाहरूमा कडा चेकजाँचको व्यवस्था मिलाउन, प्रहरी परिचालनलाई प्रभावकारी बनाउन, सुरक्षा जाँचमा कडाइ गर्न तथा उच्चकोटीको प्रहरी आचरण प्रदर्शन गरी नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धि हुने गरी जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न आवश्यक रहेको बताउनुभयो।

अनुगमनका क्रममा उहाँले आपराधिक गतिविधि नियन्त्रण, नागरिकमैत्री प्रहरी सेवा र व्यावसायिकता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।