बारवा टाडीमा रास्वपाको घरदैलोमा जनलहर, रोजगारी–कृषि–सुशासनका एजेन्डा लिएर सुशील कानु सक्रिय

बारवा टाडीमा रास्वपाको घरदैलोमा जनलहर, रोजगारी–कृषि–सुशासनका एजेन्डा लिएर सुशील कानु सक्रिय

पर्सा २५ माघ

पर्सा निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत पर्सा नगरपालिका वडा नं.–४ स्थित बारवा टाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन लक्षित घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जेष्ठ नागरिकहरूको आशीर्वाद, जेन्जी युवाहरूको उल्लेखनीय सहभागिता तथा स्थानीयवासीको सक्रिय उपस्थिति देखिएको थियो।

घरदैलोका क्रममा रास्वपाका उम्मेदवार सुशील कुमार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, आवश्यकता र जनअपेक्षाबारे जानकारी लिएका थिए। स्थानीय कृषकहरूले जंगली जनावरका कारण बालीमा भइरहेको क्षतिबारे गुनासो गरेपछि उनले निर्वाचित भएपछि उक्त विषयलाई सदनसम्म पुर्‍याई दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे।

कानुले वैदेशिक रोजगारीका कारण गाउँ–घर खाली हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनमा आधारित उद्यम विकास गर्ने तथा फर्किएका युवालाई आत्मनिर्भर बनाउने योजना अघि सारे। साथै स्थानीय महिलालाई पशुपालनसम्बन्धी सीपमूलक तालिम प्रदान गर्ने र गाउँमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने विषयलाई पनि आफ्नो प्राथमिकतामा राखिएको बताए।

उनले कृषकलाई जंगली जनावरबाट हुने क्षति न्यूनीकरण, स्थानीय तहमा सुशासन प्रवर्द्धन तथा व्यवहारिक विकासमार्फत समृद्ध समाज निर्माण गर्ने प्रतिबद्धता जनाउँदै रास्वपाको वैकल्पिक राजनीति र पारदर्शी शासनको सन्देश टोल–टोलसम्म पुर्‍याइने उल्लेख गरे।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले रास्वपाको सुशासन, विकास र वैकल्पिक राजनीतिक एजेन्डाप्रति चासो तथा समर्थन व्यक्त गरेका थिए। आयोजकका अनुसार घरदैलो अभियान आगामी दिनमा क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।