अनिल रुङ्टाको जित सुनिश्चित गर्न रणनीतिक बैठक सम्पन्न
अनिल रुङ्टाको जित सुनिश्चित गर्न रणनीतिक बैठक सम्पन्न

वीरगञ्ज २५ माघ
पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गर्दै उम्मेदवार अनिल रुङ्टाको जीत सुनिश्चित गर्न भातृ तथा शुभेच्छुक संगठनहरूको संयुक्त रणनीतिक बैठक सम्पन्न गरेको छ।
बैठकमा पूर्व सभापति अजय दिवेदीले रुङ्टालाई जनतासँग गहिरो सम्बन्ध राख्ने, विकासमुखी सोच बोकेको र स्वच्छ छविका नेता भएको उल्लेख गर्दै आगामी निर्वाचनमा क्षेत्र नं. १ का लागि उनी सबैभन्दा उपयुक्त उम्मेदवार भएको दाबी गरे।
सहभागी नेताहरूले रुङ्टाको नेतृत्वले कांग्रेस संगठन मात्र होइन, समग्र क्षेत्रको विकासमा पनि नयाँ गति दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा पर्सा कांग्रेसका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव र अन्य वरिष्ठ नेता, सक्रिय कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेताहरूले अनिल रुङ्टाको नेतृत्वमा क्षेत्रलाई राजनीतिक स्थिरता, विकास र सुशासनको नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई अझ सुदृढ गर्दै घर–घरमा कांग्रेसको एजेन्डा पुर्याउने अभियान तीव्र बनाउने निर्णय गरेका छन्।
कार्यक्रममा देखिएको एकता, कार्यकर्ताको उत्साह र स्थानीय समर्थनले पर्सा–१ मा कांग्रेसको चुनावी माहोल थप सशक्त बन्दै गएको संकेत गरेको सहभागीहरूले बताएका छन्।





