मुर्लीमा घरदैलोको क्रममा रास्वपाका उम्मेदवार पन्तलाई भव्य स्वागत

वीरगंज १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा १ का उम्मेदवार हरि पन्तलाई वीरगंज महानगरपालिका वडा नं. १२ मुर्लीमा घरदैलो गर्ने क्रममा काँबर बोकाएर घरदैलो कार्यक्रम गराईएको छ ।
शुक्रवार मुर्लीमा घरदैलो तथा मतदाता भेटघाटको क्रममा पुगेका पन्तलाई त्यहाँका स्थानियहरुले काँबर बोकाएर घरदैलो गराएका थिए । काँबरको अघि र पछि दुबै भागमा रास्वपाका सभापति रबि लामिछाने र बरिष्ठ नेता बालेन साहको फोटो झुन्ड्याइएको थियो ।
सो घरदैलोको क्रममा त्यहाँका स्थानीयहरुले ठाउँ–ठाउँमा टीका, माला र खादा लगाएर स्वागत गर्दै यसपालिको निर्वाचनमा आफ्नो वडाबाट रास्वपालाई नै लिड गराएर पठाउने वचनबद्धता गरेका थिए ।
घरदैलोमा रास्वपाका स्थानीय नेता, कार्यकर्ता एवं स्थानियहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।






