घरदैलो अभियानका क्रममा लडेर घाइते नेकपा उम्मेदवार किरण साह, वीरगञ्जमा उपचार हुँदै

घरदैलो अभियानका क्रममा लडेर घाइते नेकपा उम्मेदवार किरण साह, वीरगञ्जमा उपचार हुँदै

प्रेमचन्द्र झा /फाल्गुन ०२  रौतहट

जनताको घरदैलोमा पुगेर मत माग्ने क्रममा नेकपा उम्मेदवार किरण साह घाइते भएका छन्। शुक्रबार बौद्धिमाई नगरपालिका–८, सरमुजवामा चुनावी अभियानका क्रममा लड्दा उनको खुट्टामा चोट लागेको हो।

प्राप्त जानकारी अनुसार लड्ने क्रममा साहको खुट्टामा ‘क्र्याक’ भएको आशंका गरिएको छ भने चक्री (टखना) मा समेत चोट लागेको बताइएको छ। तत्काल स्थानीय स्तरमा प्राथमिक उपचार गरिएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। हाल चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको जनाइएको छ।

जनताको घरदैलोमा पुगेर आशीर्वाद लिने क्रममा भएको उक्त घटनाले समर्थक तथा कार्यकर्ताहरूलाई भावुक बनाएको छ। कार्यकर्ताहरूले साहको साहस, समर्पण र जनताप्रतिको निष्ठा नै सबैका लागि प्रेरणाको स्रोत रहेको बताएका छन्।

उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत प्रार्थना गरिरहेका छन्। नेता साह चाँडै नै पूर्ण रूपमा स्वस्थ भई पुनः जनताको सेवामा सक्रिय हुने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।