विष्णुपुर–७ को श्री जनता आधारभूत विद्यालय मतदान केन्द्रमा ४ बजेसम्म १,३४३ मत खस्यो।
विष्णुपुर–७ को श्री जनता आधारभूत विद्यालय मतदान केन्द्रमा ४ बजेसम्म १,३४३ मत खस्यो।

राजविराज २१ फागुन
सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं–७ स्थित श्री जनता आधारभूत विद्यालय विष्णुपुरमा रहेको मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। अपराह्न ४ बजेसम्म केन्द्र (क) मा ६४८ मत खसेको छ, जसमा महिला ३१९ र पुरुष ३२९ रहेका छन्।
यस्तै केन्द्र (ख) तर्फ ६९५ मत खसेको छ, जसमा महिला ३३७ र पुरुष ३५८ मत रहेको जानकारी प्राप्त भएको छ। यसरी दुवै केन्द्र गरी कुल १,३४३ मत खसेको छ।
मतदान केन्द्र (क) का अधिकृत बैधनाथ साह र केन्द्र (ख) का अधिकृत उमेश प्रसाद साहका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अगाडि बढिरहेको छ। स्थानीय मतदाताहरूको उल्लेखनीय सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति जनताको विश्वास र उत्साह झल्किएको देखिन्छ।






