ठगीको आरोपमा पक्राउ परेका नक्कली डाक्टर नै बने श्रममन्त्री

ठगीको आरोपमा पक्राउ परेका नक्कली डाक्टर नै बने श्रममन्त्री

काठमाडौं १३ चैत्र
ठगिको आरोपमा पक्राउ परेका व्यक्ति नै श्रममन्त्री बनेका छन् । २०७३ को असोज १२ गते ठगीमा पक्राउ परेका दिपक कुमार शाह अहिले बालेन शाहको नेतृत्वमा बनेको मन्त्री परिषद्को श्रममन्त्री बनेका छन् ।

एमविविएस परीक्षामा पास गराईदिने भनी उनले ठगी गरेका थिए । पुतलीसडकमा रहेको वल्र्ड वाईड कन्सल्टेन्सीका नाममा उनले ठगी गरेका थिए। जून घटनामा उनलाई तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो।

साथै निज साहले आफुलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएकोमा निज बास्तविक डाक्टर नभएको समेत प्रहरीले पुष्टि गरेको थियोे ।

यस्तो विवादास्पद पृष्ठभुमीका साह अहिले बालेन नेतृत्वको सरकारमा श्रममन्त्री बनेपछि आलोचना सुरू भएको छ । संभार: नेपाल पब्लिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।