शिक्षाप्रेमी दीपक कुमार पटेलद्वारा उत्कृष्ट छात्रालाई साइकल, सबै विद्यार्थीलाई कापी–कलम वितरण

शिक्षाप्रेमी दीपक कुमार पटेलद्वारा उत्कृष्ट छात्रालाई साइकल, सबै विद्यार्थीलाई कापी–कलम वितरण

पर्सा ३१ असार

धोबिनी गाउँपालिका–३ हरिहरपुरका समाजसेवी तथा शिक्षाप्रेमी दीपक कुमार पटेलले स्थानीय दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा साइकल वितरण गरेका छन्।

श्री शम्भु प्रसाद आधारभूत विद्यालय, हरिहरपुर उत्तरटोल र श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, हरिहरपुरको वार्षिक परीक्षामा कक्षा ४ उत्तीर्ण गरी प्रथम स्थान हासिल गर्ने एक–एक जना छात्रालाई उनले एक–एक थान साइकल प्रदान गरे।
त्यसैगरी, दुवै विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सम्पूर्ण छात्र–छात्रालाई एक–एक थान कापी र कलम वितरण गरिएको छ।

छात्राको मनोबल अभिवृद्धि गर्दै शिक्षाप्रति रुचि बढाउने उद्देश्यले उक्त सहयोग गरिएको समाजसेवी पटेलले बताए।

कार्यक्रममा विद्यालयका जग्गादाता शम्भु प्रसाद कुर्मी, प्रधानाध्यापक सोनालाल प्रसाद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबालक राउत कुर्मी, समाजसेवी तथा शिक्षाप्रेमी हरगुन राउत कुर्मी, गरिब मजदुर किसान उत्थान युवा समाजका अध्यक्ष सलमान अहमद, समाजसेवी सुशील गिरी, अजय कुमार पटेल, शिक्षाप्रेमी तथा समाजसेवी उपेन्द्र प्रसाद कुर्मीलगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।