गरुडा नगरपालिकामा सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा प्रमुख प्रशासकीय अधिकृत नाथु शाहको स्वागत

गरुडा नगरपालिकामा सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा प्रमुख प्रशासकीय अधिकृत नाथु शाहको स्वागत

प्रेमचन्द्र झा/0साउन १ राैतहट

गरुडा नगरपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) नाथु शाह ले शुक्रबार औपचारिक रूपमा हाजिर भएका छन्।
नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख शकन्थमनी प्रसाद जैसवाल ले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत शाहलाई फूलमाला लगाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वागत समारोहमा नगर प्रमुख जैसवालले प्रमुख प्रशासकीय अधिकृत शाहको अनुभव, दक्षता र प्रशासनिक नेतृत्वले नगरपालिकाको समग्र प्रशासनलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे। उनले जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्दै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सबैको सहकार्य आवश्यक रहेको धारणा राखे।

नगरपालिकाले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत नाथु शाहको कुशल नेतृत्व, अनुभव र समन्वयबाट गरुडा नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा जनमैत्री बन्ने अपेक्षा गरेको जनाएको छ।

नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले पनि नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना दिँदै नगरको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।