वीरगञ्जमा Yango Easy Ride को चालक दर्ता खुला, युवालाई रोजगारी र आम्दानीको अवसर
वीरगञ्जमा Yango Easy Ride को चालक दर्ता खुला, युवालाई रोजगारी र आम्दानीको अवसर

वीरगञ्ज ६ साउन
रोजगारीको खोजीमा रहेका तथा अतिरिक्त आम्दानीको अवसर खोजिरहेका वीरगञ्जका युवाका लागि Yango Easy Ride Nepal ले चालक (राइडर) दर्ता खुला गरेको छ।
आफ्नै मोटरसाइकल प्रयोग गर्दै आफ्नै समयअनुसार काम गरेर सम्मानजनक तथा आकर्षक आम्दानी गर्न सकिने व्यवस्था भएकाले यो अवसर युवामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ।
Yango Easy Ride मा आबद्ध हुने चालकहरूले आफूलाई अनुकूल हुने समय छनोट गरी सेवा दिन सक्नेछन्। पूर्णकालीन वा अंशकालीन दुवै रूपमा काम गर्न सकिने भएकाले विद्यार्थी, बेरोजगार युवा, व्यवसायी तथा अतिरिक्त आम्दानी गर्न चाहने सबैका लागि यो प्रभावकारी विकल्प बन्न सक्ने विश्वास गरिएको छ।
वीरगञ्ज तथा आसपासका क्षेत्रमा यात्रु सेवाको माग बढ्दै गएको अवस्थामा Yango Easy Ride ले आधुनिक प्रविधिमार्फत चालक र यात्रुलाई सहज रूपमा जोड्ने काम गरिरहेको छ। यसले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै युवालाई आत्मनिर्भर बन्ने नयाँ बाटो पनि खोलिदिएको छ।
कम्पनीले चालकहरूका लागि आफ्नो समयअनुसार काम गर्ने स्वतन्त्रता, धेरैभन्दा धेरै राइड प्राप्त गर्ने अवसर, आकर्षक आम्दानी, सुरक्षित बीमा सुविधा, प्रयोग गर्न सजिलो मोबाइल एप, नियमित भुक्तानी तथा २४सै घण्टा सहयोग सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। यी सुविधाले चालकहरू लाई सुरक्षित, सहज र भरपर्दो वातावरणमा सेवा प्रदान गर्दै स्थायी आम्दानी गर्ने आधार तयार गर्ने विश्वास कम्पनीको छ।
यस्तो अवस्थामा Yango Easy Ride सँग आबद्ध भई आफ्नै सवारीसाधन मार्फत सम्मानजनक आम्दानी गर्ने अवसरलाई धेरैले रोजाइमा पार्न थालेका छन्।
युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्ने लक्ष्यका साथ Yango Easy Ride मा आबद्ध हुन कम्पनीले इच्छुक चालकहरू लाई आग्रह गरेको छ।






