ओसिस माध्यमिक विद्यालयमा अन्तरसदन राखी बनाउने प्रतियोगिता सम्पन्न

ओसिस माध्यमिक विद्यालयमा अन्तरसदन राखी बनाउने प्रतियोगिता सम्पन्न

वीरगञ्ज ५ भदौ 

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित ओसिस माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार अन्तरसदन राखी बनाउने प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल इन्द्रदेव शाहको अध्यक्षता तथा नेशनल प्याब्सन वीरगञ्जका नगर अध्यक्ष सोनालाल पटेलको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सदनको प्रतिनिधित्व गर्दै रचनात्मक तथा कलात्मक ढंगले राखी निर्माण गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा प्रतिस्पर्धात्मक भावना र सहकार्यको संस्कार विकास गर्ने उद्देश्य राखेको विद्यालयले जनाएको छ।

कार्यक्रमकी संयोजक शिक्षिका लक्ष्मी गुप्ता रहनुभएको थियो भने उद्घोषण शिक्षिका अनु मलिकले गर्नुभएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख अतिथि सोनालाल पटेल तथा शिक्षिका अनु चौधरी रहनुभएको थियो।

निर्णायक मण्डलले राखीको आकर्षण, सिर्जनशीलता, कलात्मकता तथा प्रस्तुतिलगायतका आधारमा मूल्याङ्कन गरेपछि प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको थियो।

प्रतियोगितामा अरनिको सदनकी कक्षा ८ मा अध्ययनरत अन्जु कुमारी साह प्रथम भएकी छन्। त्यस्तै तेन्जिङ सदनकी कक्षा ७ की निकिता कुमारी शर्मा द्वितीय, सिद्धार्थ सदनकी कक्षा ५ की पूजा कुमारी शाह तृतीय तथा जनक सदनकी कक्षा ५ की सुष्मा गौरो सान्त्वना स्थान हासिल गर्न सफल भएकी छन्।

विद्यालयले यस्ता अतिरिक्त तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूमा कलात्मक क्षमता, सिर्जनशीलता, आत्मविश्वास र सदनगत सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

विद्यालय परिवारले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै सहभागी सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।

ओसिस माध्यमिक विद्यालय वीरगञ्ज महानगरपालिका–११, श्रीपुरमा सञ्चालित निजी विद्यालय हो र उपलब्ध शैक्षिक अभिलेखअनुसार विद्यालयले प्रारम्भिक तहदेखि माध्यमिक तहसम्म अध्ययन–अध्यापन गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।