वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

वीरगन्ज १७ भदौ
वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी( भोलि ) बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पहिलो चरण अन्तर्गत वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चौकसम्मका अव्यवस्थित तारहरू हटाइने र व्यवस्थापन गरिनेछ।
महानगरको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो। इन्टरनेट तथा टिभी केवल सेवा प्रदायक संस्थाहरूको रोहबरमा सम्पन्न बैठकमा ७ वटा इन्टरनेट सेवा प्रदायक र १ वटा टिभी केवल सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बारम्बार बैठकमा बोलाउँदा पनि अनुपस्थित हुने र महानगरको अभियानमा सहयोग नगर्ने सेवा प्रदायक संस्थाहरूलाई नियमानुसार कारबाही गरिने समेत बैठकमा सहमति भएको छ।
शहरको सौन्दर्यीकरण र सुरक्षालाई ध्यानमा राख्दै महानगरले यो कदम चालेको हो।






