अमलेखगञ्जबाट ठूलो परिमाणमा लागूऔषध सहित वीरगंजका एक युवक पक्राउ

वीरगंज २४ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल सहित वीरगंजका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसिया रहेका छन् ।
वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७६२३ नम्बरको यात्रुवाहक बस अमलेखगञ्जस्थित सडकमा बिहान करिब ९ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाश कुमार खत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले रोकेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा सो बसको हुड¥याकमा राखिएको दुई वटा कालो रंगको ब्यागभित्रबाट ट्रामाडोल हाइड्रोक्लोराइड नामक लागूऔषध १८ हजार ३ सय पिस क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
सो झोला बसमा सवार चौरसियाको रहेकोले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।