बाढीपीडितका लागि वन प्राविधिक समाजद्वारा ६१ हजार ५ सय रुपैयाँ सहयोग

बाढीपीडितका लागि वन प्राविधिक समाजद्वारा ६१ हजार ५ सय रुपैयाँ सहयोग

जनकपुरधाम २४ भदौ 

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले जनकपुरधाम वन प्राविधिक समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

समाजमा आबद्ध वन प्राविधिक तथा शुभेच्छुक व्यक्तिहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त रकम कोषमा जम्मा गरिएको समाजले जनाएको छ ।

विपद्को कठिन परिस्थितिमा बाढीपीडित परिवारलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो क्षमता र सामर्थ्यअनुसार योगदान गरिएको समाजको भनाइ छ ।

समाजले बाढीपीडितको पीडामा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नसमेत अपिल गरेको छ । संकलित रकम ठूलो समाधान नभए पनि संकटको समयमा पीडितको घाउमा मल्हम लगाउने सानो प्रयासका रूपमा सहयोग गरिएको समाजले जनाएको छ ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी, गैरसरकारी तथा विभिन्न सामाजिक संघसंस्थाबाट सहयोग जुटाउने क्रम जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।