पीडित बबिता पासवानलाई समाजसेवी सत्येन्द्र मण्डलको सहयोग, अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी
पीडित बबिता पासवानलाई समाजसेवी सत्येन्द्र मण्डलको सहयोग, अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी।

सप्तरीको तिलाठी–२, लौनियाका युवा समाजसेवी सत्येन्द्र कुमार मण्डलले राजविराज नगरपालिका–१४ निवासी पीडित हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई आर्थिक सहयोग गर्दै मानवीय संवेदना प्रस्तुत गरेका छन्।
सगरमाथा अञ्चल गजेन्द्रनारायण सिंह अस्पतालको एनआईसीयूमा उपचाररत बबिता पासवानलाई प्रत्यक्ष भेटेर मण्डलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले आमा–छोरा दुवैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बबिता पासवानलाई आर्थिक सहयोगसमेत उपलब्ध गराएका छन्।
पीडित परिवारको अवस्थाबारे जानकारी लिएपछि मण्डलले उपचारका क्रममा कुनै किसिमको समस्या, मानसिक दबाब वा आफ्नो भनाइ परिवर्तन गर्न दबाब दिइएमा तत्काल सम्पर्क गर्न आग्रह गरेका थिए। त्यसका लागि उनले बबिताका श्रीमान् हरेराम पासवानलाई आफ्नो मोबाइल नम्बरसमेत उपलब्ध गराएका छन्।
पीडितको कठिन अवस्थामा अस्पतालमै पुगेर प्रत्यक्ष भेट्नु, स्वास्थ्य अवस्थाबारे जानकारी लिनु र आर्थिक सहयोग गर्नुले समाजसेवी मण्डलले मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको स्थानीयको भनाइ छ।
पीडित परिवारलाई समस्या पर्दा सहयोग र साथ दिनु केवल आर्थिक सहयोगमा सीमित विषय नभई पीडितको मनोबल बढाउने, न्यायको पक्षमा उभिने र मानवीय संवेदनालाई जीवित राख्ने कार्यसमेत हो। मण्डलको यो पहलले विपद् तथा पीडाको समयमा पीडित परिवारलाई समाजको साथ आवश्यक हुन्छ भन्ने सन्देश दिएको छ।





