देउवाद्वारा कांग्रेस नेता राजेन्द्रबहादुर अमात्यको निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी, राजनीतिक विषयमा पनि छलफल
देउवाद्वारा कांग्रेस नेता राजेन्द्रबहादुर अमात्यको निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी, राजनीतिक विषयमा पनि छलफल

वीरगञ्ज १ मंसिर
नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवाले आज साँझ संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यको निवासमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
सभापति देउवाले अमात्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो।
सो अवसरमा पर्सा जिल्ला लगायत समग्र मधेश प्रदेशको समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण तथा भावी राजनीतिक दिशाका विषयमा समेत आपसी भेटघाट र छलफल भएको थियो।
भेटघाटका क्रममा अमात्यका परिवारका सदस्यहरूका साथै नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तयारी समिति, पर्साका संयोजक विजय कर्ण, वरिष्ठ नेता शम्भु चौहान तथा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य विश्वनाथ खनालको उपस्थिति रहेको थियो।
सभापति देउवाको यस भेटलाई कांग्रेसका पुराना नेता तथा कार्यकर्ताबीचको आपसी सम्बन्ध, सद्भाव र संगठनात्मक एकताका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।






