नेता शिव पटेल द्वारा सातो माइ मन्दिर को अनावरण

वीरगञ्ज ०७ बैशाख
बहुदर माई नगरपालिका-२पिपरा स्थित सातो माई मन्दिर को आज एक समारोह का बिच जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेलले अनावरण गर्नु भएको छ।
एतिहासिक सातो माई को मन्दिर जीर्ण भए पश्चात पर्सा क्षेत्र न.२ख का प्रदेश सान्सद मा.रमेश प्रसाद कुर्मी ज्युको संसदीय बिकास कोषबाट रु पाँच लाख र बहुदर माइ नगरपालिका वडा न.२ का वडा अध्यक्ष जितेन्द्र पटेल ज्यु को वडा स्तरिय बजेट बाट रु दस लाख को लागत मा पर्खाल सहित को मन्दिर निर्माण भएको हो।
बहुदर माइ नगरपालिका वडा न.२ का वडा अध्यक्ष जितेन्द्र पटेल र जसपा पर्सा का सचिव राजेश साह ज्यु को बिशेश उपस्तिथि र स्थानिय भद्रभलादीहरुको भब्य सहभागिता मा बिशेश धार्मिक अनुस्ठान गरि माता को प्राण प्रतिशठान भएको पुजामा सहभागी जसपा बहुदर माई नगरपालिका का नगर अध्यक्ष कृष्ण यादव ले बताउनु भयो ।
बहुदर माई नगरपालिका का प्रख्यात पुरोहित केदार पन्डीत को नेतृत्व मा सम्पन्न आजको पुजा बेदिमा श्रीमान श्रीमती महेन्द्र प्रसाद सिह बसेका थिए भने गाउँका सयकडौ जना ले हवनमा सहभागीता जनाएका थिए।
मन्दिर निर्माण बाट स्थानिय महिला सजन्बृदहरु प्रसन्न भएको समाजसेवि श्रवन राउत ले बताउनु भयो।






