विकास निमार्णमा स्थानिय सञ्चारकर्मीको अवरोध

बारा, २८ जेठ
विकास निमार्ण कार्यमा स्थानिय सञ्चारकर्मीले अवरोध सृजना गर्ने गरेको तथ्य बाहिर आएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १४ बघवनमा निमार्ण भईरहेको विभिन्न विकास निमार्णको कार्यमा स्थानिय सञ्चारकर्मीले अवरोध सृजना गरिरहेको वडाध्यक्ष सुरेन्द्र जैयसवाले बताएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निमार्ण भईरहेको सडकमा पत्रकार अनिल पाण्डेले विभिन्न किसिमको अनावश्यक समस्या खडा गरेको आरोप वडाध्यक्ष जैयसवालले लगाएका छन् । योजना पास भए देखि सघन शहरी तथा भवन निर्माण आयोजनाको प्रमुख र ईन्जिनियरको रोहवरमा सवै स्थलगत अनुगमन गराई निमार्ण कार्य गरेको उनले दाबी गरेका छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रदिप सिहका अनुसार स्थलगत अनुगमन गर्दा निमार्ण कार्यमा प्रयोग गरिएको समाग्री गुणस्तरीय भेटिएको जानकारी गराए । तर स्थानियको गुणस्तरहीन सामाग्री प्रयोग गरिएको गुनासो पछि निमार्णमा प्रयोग गरिएको समाग्री ल्याबमा चेकजाँचमा पठाउदा गुणस्तरीय भएको प्रमुख सिहले बताएका छन् ।
वडाध्यक्ष आफै निमार्ण व्यवसायी भएकोले निमार्ण कार्यमा अनुभवी रहेको स्थानिय जवाहिर अंसारीले बताएका छन् । निमार्ण कार्य गुणस्तर नै छ, तर सञ्चारकर्मी पाण्डे आफ्नो अनावश्यक बर्चस्व कायम राख्नको लागि मात्र यो समस्या सृजना भएको उनले बताए । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत करिव एक करोडको लागतमा बघवन चौक देखि पुस्तकालय सम्म र बघबन चौक देखि पश्चिम जाने बाटोमा नाला ग्रेभल गर्ने काम भईरहेको छ । स्थानिय राजकलि देविका अनुसार वर्षायाममा पानी लाग्ने हिलोको समस्याले पिडित थियौ । तर अहिले सवैको रोहवरमा निमार्ण भईरहेको कार्य गुणस्तरीय रहेको दाबी गर्छिन । वडाध्यक्ष जैयसवालले आपनो कार्यकालमा सुरु भएको सघन शहरी तथा भवन निर्माण आयोजना आफनै कार्यकालमा समपन्न गरि स्थानियवासीको सडक, नालाको समस्याको अन्त्य गर्ने प्रतिवद्धता समेत गरेका छन् ।






