किर्ते कागज बनाइ बदमासी गर्दै प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल

बारा, २५ चैत्र

बाराको देवताल गाउँपालिकामा हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साह बिदामा भएको बेला प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले देवताल गाउँपालिकामा हाजिर हुन किर्ते कागजात बनाएका छन् ।

पालले किर्ते कागजात बनाएको प्रष्ट देखिन्छ न त कार्यालयको छाप छ न चलानी छ । बाहिर कम्प्यूटरबाट टाइप गराइ गाउँपालिका भरीमा भ्रम फैलाउने कार्य गरेका छन् । निज पाल एउटा प्रमुख प्रशासकीय अधिकृत भइ यस्तो ठुलो अपराधिक कार्य गर्न कहा सम्मको जायज छ ? प्रश्न खडा भएको छ । निज पालले विगतका दिनमा गरेका क्रियाकलाप सबैको सामु सर्व विधितै छ ।

मालपोत कार्यालय गौरमा रहेको प्रशासकीय अधिकृत वकिल पाल जग्गाको किर्ते गरेको बिवादमा परेका थिए। त्यस पछि फेटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुदाँ आफ्नो कोठामा लगाएको फर्निचरको बिल भौचर गाउँपालिका बाट फर्छ्यौट गर्न लेखापाललाई दबाव दिँदा लखेटिएका थिए। त्यस पछि केहि दिन सतर्कता केन्द्रमा बिताएका नेपाल सरकारको अफिसर वकिल प्रसाद पाललाई बाराको बारागढि गाँउपालिकामा सरुवा भइ आए तर बारागढीमा हाजिर नगराए पछि हाल देवताल गाउँ पालिकामा हाजिर हुन किर्ते कागजात बनाएका छन।

गाउँपालिकाका अध्यक्ष चन्दन सिंह सँग टेलिफोनमा प्रतिक्रिया लिदा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले गरेको हर्कत प्रति हदै सम्मको कारवाही हुनुपर्ने भनी जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।