दुइ देशको सम्बन्ध प्रगाढ बनाउन एउटा नेपालि नागरिक शेख मुन्ना नेपालको बिरगंजदेखि भारतको राजधानी दिल्लिसम्म पुग्ने पदयात्रा जारी

१० भदौ, वीरगंज

वीरगन्जबाट भारतको दिल्ली पैदल यात्रा शुरु गरेका वीरगन्जका युवा शेख मुन्नाले ९६६ किलोमिटर पार गरिसक्नु भएको छ ।

वीरगन्जदेखि दिल्लीसम्मको १०६० किलोमिटरको दूरी पार गर्न गत साउन २१ गते हिड्नुभएका मुन्नाले २० दिनमा ९६६ किलोमिटर पार गर्नुभएको हो । उहाँले दिल्ली पुग्न ९४ किलोमिटर मात्रै बाँकी रहेको स्थानको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सेख मुन्ना एक हजार ६० किलोमिटर टाढा रहेको भारतको राजधानी नयाँदिल्लीको यात्रामा निस्किनु भएको हो । दिल्लीसम्म पैदल यात्रा गरेर वीरगन्ज र नेपालको नाम फैलाउन आफूले अनौठो लक्ष्य लिएर दिल्लीको पैदल यात्रामा निस्किनुभएको हो ।

यात्रामा अवरोध नभए १८ देखि २४ दिनभित्रमा दिल्लीको संसद् भवन पुग्ने लक्ष्य राख्नुभएका उहाँ २० दिनसम्म पैदल हिड्दा अब ९४ किलोमिटर मात्रै पार गर्न बाँकी छ । उहाँले गर्नुभएको पैदल यात्राले पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउने पनि विश्वास लिनुभएको छ ।

वीरगन्जको घन्टाघरबाट महानगर उपप्रमुख सहितको टोलीले बिदाई गरेपछि उहाँ बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा, उत्तरप्रदेशको गाजियावाद, बुलेन्दसहर हुँदै दिल्लीको यात्रा तय गर्नुहुनेछ ।

बाटोमा आवश्यक सामग्री सहितको सात किलोको झोलामा दैनिक उपभोग्य सामान बोकेर वीरगन्जबाट यात्रा शुरु गर्नुभएको थियो । बीचमा खुट्टा सुनिएर एम्बुलेन्समा उपचारपछि फेरी उहाँले पैदल यात्रा शुरु गर्नुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।