सरकारले मित्रराष्ट्र पाकिस्तानलाई दुई करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गर्ने

सरकारले मित्रराष्ट्र पाकिस्तानलाई दुई करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्नुहुँदै पाकिस्तानमा आएको बाढीबाट धनजनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै भदौ २१ गतेको मन्त्रिपरिषद्को बैठकमा सो सहायता दिने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रालयले भदौ २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयाको निधन र उहाँको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन राष्ट्रिय शोक मनाउने भनिएकोमा सो मिति आज समाप्त भएको जानकारी पनि गराएको छ ।

महारानी स्वर्गीय एलिजावेथको सम्मानमा नेपालभरका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने समय आजको कार्यालय समयपछि समाप्त भएको मन्त्रालयले जनाएको हो । गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।