जगरनाथपुरमा गरे मन्त्री रिजाल हरियाली वन को उद्घाटन

वीरगञ्ज १३ साउन
नेपाल सरकारको उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा जगारनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोगमा गठित सुहपुर सोहारी हरियाली वन व्यवस्थापन समुह द्वारा पर्साको जगरनाथपुर गाउँपालिका वडा न .४ सुहपुर सोहरीमा वनका लागि छुट्याइएको जग्गामा एक कार्यक्रमका बिच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
समुहका अध्यक्ष श्री ब्रजेश प्रसाद यादव ज्युको अध्यक्षतामा वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी , बशिष्ट नारायण प्रसाद कुर्मी , जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव ,वडा अध्यक्ष प्रभुनाथ प्रसाद नुनिया, बिहारी मह्तो,लक्ष्मी साह ,सुभाष कु यादव ,वडा सदस्यहरु,समुहका पदाधिकारी ,सदस्य तथा गाउँबासीहरुको बृहत सहभागितामा हरियाली वन उद्घाटन तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
सो वृक्षारोपण कार्यक्रममा विभिन्न किसिमका विरुवाहरु लगाईएको छ। सागवान,शिरीष,सपेता,बकायन,कदम,निम,बेल ,पिपल, बर्गज,भिलोर,जंगली बिरुवा ,जडिबुटी , आँप,जामुन,आवला लागायत विभिन्न प्रजातिका ६००० हजार बिरुवा लगाइएको छ






