कृष्चनहरुको आतंक बारे नेनेपा पार्टी द्वारा सीडियो लाई ज्ञापन-पत्र बुझाइयो

बीरगंज १५  सावन

नेपालका लागी नेपाली पार्टी जिल्ला समिति पर्साले आज सीडियो कार्यालय पर्सामा ज्ञापन-पत्र बुझाइएको छ। पर्सा जिल्लामा रोग निको पार्ने बहानामा सोझा साझा हिन्दू समाजका आमाबुवा, दाजूभाई,दिदीबहिनी लाई प्रोलोभनमा पारी कृष्चन बनाउने कार्य भई रहेको हुदा नेपालका लागी नेपाली पार्टीको गम्भीर ध्यानआकर्षण भएको छ।

धर्म परिवर्तन गराउने कार्य गर्ने व्यक्ति वा समूह लाई नेपालको वर्तमान कानूनले कड़ा कारवाहीको व्यवस्था गरेको छ।

धर्म परिवर्तनले समाज एवम राष्ट्र लाई दुर्घटना तर्फ पुरयाउने गरेको छ। रोग निको पारने बहानामा झुक्यायर धर्म परिवर्तन गराउने टीम लाई कड़ा कारवाहिको मांग गर्दछौ।

पर्साका सहायक सीडियो भीमकान्त पौडेल लाई ज्ञापन-पत्र बुझाएको थियो।पर्सा जिल्ला अध्यक्ष इंजीनियर अनिल कुर्मीको अगुवामाई सीडियो कार्यालय पर्सा गएको टोलीमा पार्टिका केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराज,महामंत्री दीपक महाराज आत्रेय, सचिव तुलसी पौडेल,कोषाध्यक्ष विष्णु भक्ति दास, केन्द्रीय सदस्य पिया सिंह, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, कोषाध्यक्ष पारस दुबेदी,पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, सचिव नवीन मिश्रा, सह सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा, जिल्ला सदस्य संतोष कुशवाहा लगाएतको सहभागी रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।