यामाहाको आधिकारिक प्रतिनिधि हरिको कालाकर्तुत बाहिर छताछुल्ल

अजय चौरसिया

वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखामा बिचौलियाहरुले ब्रह्मलुट मच्चाई राख्दा पनि नियमनकारी निकाय मौन देखिएको छ । सो कार्यालयको सानो सवारी (मोटरसाईकल) फाँटमा सनाखत नामसारी दिनदिनै भईराखेको समाचार स्रोतले जनाएको छ ।

यामाहा कम्पनिको आधिकारिक प्रतिनिधि बनेका सो कार्यालयका कार्यालय सहयोगी महेन्द्र साहको छोरा हरि साहले यामाहा कम्पनिको आडमा सनाखत नामसारी गराउदै आएको समाचार स्रोतले जनाएको छ । यामाहाको आवश्यक कार्य गर्दै गराउदै चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसनबाट ब्लुबुक मात्र लिई मोटरसाईकल धनीको थाहै बिना सनाखत नामसारी गराउदै आएको स्रोतको कथन रहेको छ । रिकन्डिसनका साहुहरु पहिला हरिको ह्वाटसएप र म्यासेन्जरमा नाम र मोटरसाईकल नम्बर पठाउने गर्छन र हरिले मोटरसाईकल फाँटमा कुरा मिलाए पछि कुरियरले ब्लुबुक मगाउने गरेको स्रोतले जनाएको छ । प्रति ब्लुबुकको ५ हजारको दरले हरिले रिकन्डिसन साहुहरुबाट रकम लिएपछि मोटरसाईकल फाँटमा प्रति ब्लुबुक २ हजार देखि ३ हजार सम्म दिने गरेको स्रोतको भनाई रहेको छ ।

यामाहाको आधिकारिक प्रतिनिधि हरि साहको गतिविधि नियमकानुन बिपरित भए पनि कार्यालय प्रमुख कमल गौतम चुपी साधेर बस्दा उनको पनि संलग्नता छ कि ? अनेकन किसिमको शंका उपशंका उब्जाएको छ । हरिको ह्वाटसएप र म्यासेन्जरमा रहेका सामग्रीहरु नियमनकारी निकायले अनुसन्धान गर्दा उनको कालाकर्तुत बाहिर छताछुल्ल हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।