भूकम्पमा घाईते भई उपचार गराईरहेका लागि युवा संघद्धारा रक्तदान

काठमाडौं २१ कार्तिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले रक्तदान गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि घाईते भई उपचार गराईरहेका घाईतेलाई उपचारमा सहयोग होस् भन्ने उदेश्य रक्तदान गरिएको हो ।

युवा संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । भूकम्पमा परी घाईते भएका व्यक्तिहरु उपचारमा रहेको र उनीहरुलाई रगतको आवश्यक्ता परेकाले रक्तदान कार्यक्रम गरिएको युवा संघका संयोजक विश्वकर्माले जनाएका छन् ।

यसैगरी युवा संघले नेपालगंज र सुर्खेतमा समेत रक्तदान गर्ने कार्यक्रम रहेको छ । युवा संघ केन्द्रीय कार्यालयको बैठकले भूकम्प पीडितको उद्धार, राहतका साथै उनीहरुको व्यवस्थापनमा युवाहरुलाई परिचालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार काठमाडौंमा रक्तदान गरिएको र अब नेपालगंज तथा सुर्खेतमा समेत रक्तदान गरिने कार्यक्रम रहेको युवा संघका प्रवक्ता सन्जिप राईले बताए । रक्तदान गर्नेलाई एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले प्रमाणपत्र वितरण गरेकी छन् । रक्तदान कार्यक्रममा पार्टी, युवा संघ सहित सर्वसधारणको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।