हिन्दु राष्ट्र र राजसंस्था स्थापनाको माग गर्दै वीरगंजमा प्रदर्शन

हिन्दु राष्ट्र र राजसंस्था स्थापनाको माग गर्दै वीरगंजमा प्रदर्शन

पवन प्रसाद साह

वीरगंज ७ मंसिर

नेपाल राष्ट्रबाद संघ तथा नेपाल विद्वत परिषद द्वारा संयुक्त रुपमा राजा आउ देश बचाउ बिभिन्न नारा लगाउदै वीरगंजमा प्रर्दशन गरेको छ।

मंसिर ७ गते बिहिबार अतार्थ आज काठमाडौंमा भइरहेको आन्दोलनको समर्थन गर्दै पर्सा जिल्ला स्थित सदरमुकाम वीरगंजमा नेपाल राष्ट्रबाद संघ तथा नेपाल बिद्वत परिषद ले संयुक्त रुपमा वीरगंज स्थित घण्टाघर चौकबाट निस्केको र्यालीमा‌ राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर ,धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गर्दै माइस्थान,अलखियामठ, आदर्शनगर, गिता मन्दिर हुदै घण्टाघर चौकमा आइ कोणसभामा परिणत भएको थियो।

कोणसभा लाइ सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले भने यो देसमा राजा ले बनाएको उधोग लोकतन्त्र,गणतन्त्र सताधारीहरुले कुनै पनि उधोग संचालन गर्न सकेन संचालन गरेको भए यो देसको युवाहरु खाडि मुलुकमा रोजगारी गर्न जाने थिएन त्यहि भएर यो देसमा राजसंस्था को जरुरी छ कि यो देसका जनताहरू ले सुख शान्ति को महसुस गरोस्।

त्यसतै कोणसभा सम्बोधन कै क्रममा नेपाल विद्वत परिषदका रामनारायण साहले भने यो लोकतन्त्र होइन यो चाहि लुटतन्त्र हो जुन पार्टी को सता आओस त्यो लुटतन्त्र नै मचाउने हो र अरु देस को इसारामा चल्ने हो‌ त्यही भएर हाम्रो देसमा राजतन्त्रको आवश्यकता रहेको दाबी गरे ।

त्यस्तै देस भक्त सेवक समुह का दिपेन्द्र रौनियार,राष्ट्रबादी समुह का बिरेन्द्र थापा, नेपाल राष्ट्रबाद संघ का संगिता देवी शाह, सन्तोष गुप्ता,नेपाल विद्वत परिषद का प्रेम साह सरार्फ, अध्यान्नद साह,बिश्व हिन्दू परिषद का पृथ्वी झा,त्यसैगरि उमाशंकर साह, राजेन्द्रपाल साह, विष्णु कुमार दास, बिरेन्द्र साह,बजरंगी साह,चुलाइ मिया,असर्फी साह, राधाकृष्ण चौहान,रा.प्र.पा.पर्साका जिल्ला सदस्य छठु साह कानु,रा.प्र.पा.नेपाल पर्साका जिल्ला सचिव पवन प्रसाद साह,रा.प्र.पा.नेपाल पर्साका कोषाध्यक्ष दिपनारायण यादव‌,नन्द किसोर गोयल,लगायतका ब्यत्किहरुले आ-आफ्नो धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।