अभियान द्वारा रिहाईको मांग

अभियान द्वारा रिहाईको मांग

काठमांड़ौ ३० मंसिर

राष्ट्रिय एकता अभियान द्वारा प्रेस विग्यप्ति जारी गरी वीरगन्ज महानगरपालिका वडा नम्बर -२१ (हनुमान चौक)मा यमराजको सवारी पाडा (मुरा भैंसी) को प्रतिमा स्थानीयको मांग अनुसार युवाहरुले हटाएको ऱ उक्त युवाहरुलाई प्रहरीले ग्रिफ्तार गरी राखेको हुनाले उक्त युवाहरुकोको रिहाईको मांग गरेको छ। प्रेस विग्यप्तिमा भनिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर -२१ (हनुमान चौक)मा यमराजको सवारी पाडा (मुरा भैंसी) को प्रतिमारा खिए देखि नै सो हटाउनु पर्ने माग गर्दै स्थानीय संस्था र बासिन्दाद्वारा प्रदर्शन हुँदै आएको सर्वबिदितै छ।

लगातारको शान्तिपूर्ण आन्दोलन/बिरोध प्रदर्शन पश्चात पनि उक्त प्रतिमा महानगरद्वारा हटाइएन। अत: आज स्थानीयको माग अनुसार युवाहरूद्वारा उक्त प्रतिमा हटाईयो । प्रतिमा हटाइएको आरोपमा प्रकाउ गरि श्रीपुर वडा प्रहरी कार्यालयमा प्रहरी नियन्त्रणमा रहेका,कृष्ण चौरसिया,पवन श्रीवास्तव,राजन महतो,सौरभ पटेल,राकेश उपाध्याय,सागर साह कानु सहितका युवाहरूलाई स-सम्मान रिहाईको माग गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।