माघ ५ गते वीरगन्जमा `बलिदानी दिवस´ मनाउने जसपाकाे निर्णय

माघ ५ गते वीरगन्जमा `बलिदानी दिवस´ मनाउने जसपाकाे निर्णय

वीरगन्ज २४पुस

जनता समाजवादी पार्टी(जसपा) ले माघ ५ गते वीरगन्जमा `बलिदानी दिवस´ मनाउने भएको छ।जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा `बलिदानी दिवस´ मनाउने निर्णय गरिएको जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए।

पुष २१ गते बसेकाे जसपाकाे वीरगन्ज महानगर समितिकाे बैठकले माघ ५ गते वीरगन्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने निर्णय गरेकाे महानगर अध्यक्ष यादवले बताए।

नगरसभा गृहमा माघ ५ गते दिउँसो १२.३० बजेदेखि सुरु हुने बलिदानी दिवसकाे कार्यक्रममा सहभागी हुन जसपा महानगर समितिले पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिलपनि गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।