पहिलो वैवाहिक वर्ष गाँठको अवसरमा मानव सेवा आश्रममा भोजन

पहिलो वैवाहिक वर्ष गाँठको अवसरमा मानव सेवा आश्रममा भोजन

वीरगञ्ज १७ माघ

हिजो माघ १६ गते दिन वैवाहिक वर्षगाँठको दिन वीरगन्ज महानगरपालिका वडा नं १ बजार छपकैया निवासी परोपकारी मनको धनी अखिल नेपाल पिछडावर्ग (OBC)महासंघ वीरगन्ज महानगरपालिका कमिटीका सचिव एवं कानु अतिथि सदन पर्साका सचिव विवेक कानु र उनका श्रीमती सोनाक्षी गुप्ता आफ्नो पहिलो विवाह वर्षगाँठ मानवसेवा आश्रममा मनाए।

मानव सेवा आश्रममा रहेका ६० जना लाई भोजन गराएका छन् ।सो क्रममा समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ भोजन प्रसाद गराउनको निमित्त १०,०००/- रकम सप्रेम योगदान गर्नु भएको छ ।

सोनाक्षी गुप्ताले भन्नी आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्जन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ। आगामी दिनमा पनि हामीले सके जति सहयोग गर्ने विवेक र सोनाक्षीले प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।