फारबिसगंज बजारमा एयरपोर्ट निर्माणको लागि लिएर अन्तर्राष्ट्रिय संघर्ष समिति गठन

फारबिसगंज बजारमा एयरपोर्ट निर्माणको लागि लिएर अन्तर्राष्ट्रिय संघर्ष समिति गठन

बिराटनगर ६ असाढ

विराटनगरको छिमेकी भारतको बिहार राज्यको अररिया जिल्लामा रहेको फारबिसगंज बजारमा एयरपोर्ट निर्माण गर्नुपर्ने मागलाई लिएर अन्तर्राष्ट्रिय संघर्ष समिति गठन गरिएको छ।

नेपाल सोनार समाज फाउन्डेशनका अध्यक्ष तथा नेपाली कांग्रेस विराटनगर महानगर प्रचार प्रसार विभागका सदस्य महेश साह स्वर्णकारको संयोजकत्वमा गठित उक्त समितिले मंगलबार नेपाल-भारत सीमानाका रानीमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ।

अभियानको सह-संयोजकमा राजेश कुमार शर्मा रहेका छन् भने नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रमुख अगुवाई गरेका छन् भने नेपाल भारत रेल यात्रु सहजीकरण समिति को सचिव विकास मण्डल र किरण राय अमात सहित व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

एक सांस्कृतिक, आर्थिक र भौतिक रूपमा उत्कृष्ट स्थान भएको यस स्थानमा नेपाल-भारत सीमाना सम्बन्ध राख्दछ र फारबिशगंज यहाँको मुख्य शहर हो। एयरपोर्टको निर्माणले यसको संचालन र व्यापारिकतालाई मजबूती दिने विश्वास लिइएको छ । फारबिसगंजमा एयरपोर्ट निर्माण भएमा विराटनगरलगायत पूर्वी क्षेत्रका बासिन्दालाई यसको प्रत्यक्ष फाइदा हुने भन्दै संघर्ष समितिले यस्तो अभियान अघि बढाएको जनाइएको छ। नेपाल र भारत दुवै देशका नागरिकलाई समेत लाभ पुग्ने भएकाले दुवै देशका सरकारले समेत यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।