संविधानको विरोध गर्ने राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीहरू पक्राउ
संविधानको विरोध गर्ने राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीहरू पक्राउ

काठमाण्डौ
संविधान दिवसमा संविधानको विरोध गरेकोमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालका प्रदर्शनकारीले संविधान दिवसमा विरोधमा सडक प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका हुन् । ‘असोज तीन कालो दिन’ भन्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि विरोध गरेका छन् ।
२०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसीको छातीमा गोली ठोकिएको भन्दै महतोले अहिलेको संविधान रक्तरञ्जित संविधान रहेको दावी गरे । संभार: काठमाण्डु पाटी






