वीरगञ्जमा सुविधा सम्पन्न गेटवे स्पा सञ्चालनमा

वीरगञ्जमा सुविधा सम्पन्न गेटवे स्पा सञ्चालनमा

वीरगञ्ज २६ कार्तिक

वीरगञ्जको घण्टाघरमा अत्याधुनिक सुविधा सम्पन्न गेटवे स्पा सञ्चालनमा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका संयोजक हरि पन्तले एक विशेष कार्यक्रमका बीच यस स्पा सेन्टरको उद्घाटन गरेका हुन् । घण्टाघरदेखि लिंकरोडतर्फ जाने बाटोको दक्षिणतिर, एसियन लाइफ इन्स्योरेन्स नजिकै रहेको यो स्पाले सोमवारदेखि सेवा दिन थालेको छ ।

कार्यक्रममा संयोजक पन्तले समाजमा स्पाप्रतिको नकारात्मक धारणा बदल्नुपर्नेमा जोड दिए । उनले भने, “स्पा सेन्टरलाई समाजमा गलत तरिकाले बुझिन्छ । तर, यसले थकान मेट्न र शरीरलाई स्फूर्त राख्न महत्वपूर्ण भूमिका खेल्छ ।” उनले विदेशमा स्पा सेवा लिने प्रचलनलाई उदाहरण दिँदै यसलाई सहज रुपमा लिन आग्रह गरे ।

सञ्चालक माधब बस्नेतका अनुसार गेटवे स्पा वीरगञ्जका स्पा पारखीहरूलाई नयाँ अनुभव दिने उद्देश्यले स्थापित गरिएको हो । अन्य स्पाभन्दा विशेष सेवा, दक्ष प्रशिक्षक, र उत्कृष्ट सुविधासहित सेवा प्रदान गरिने बस्नेतले बताए । यस स्पामा सेवा दिने सम्पूर्ण कर्मचारी काठमाडौँबाट तालिमप्राप्त र अनुभवी रहेका छन्, जसले ग्राहकलाई उस्तै स्तरको सेवा प्रदान गर्नेछन् ।

 

गेटवे स्पाले उचित मूल्यमा सेवा दिने लक्ष्य राखेको छ, जहाँ मसाज सेवा प्रति घण्टा ९९९ रुपैयाँमा उपलब्ध छ । एक पटकमा पाँचजनालाई सेवा दिन सक्ने क्षमता भएको यो स्पामा पाँच वटा सुविधा सम्पन्न एसीयुक्त क्याबिनहरू उपलब्ध छन् । करिब १० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको यस स्पाले शरीरलाई आराम दिन चाहनेहरूका लागि उपयुक्त सेवा दिने लक्ष्य राखेको छ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।