भारतिय सबारी साधन र पर्यटकलाइ प्रहरीको अबरोध छैन
भारतिय सबारी साधन र पर्यटकलाइ प्रहरीको अबरोध छैन

वीरगंज २८ मंसिर
मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लाल मणि आचार्यले मधेस प्रदेशमा घुम्न आउने भारतीय नम्बर प्लेटको सबारी साधन र भारतिय पर्यटकहरुलाइ मधेश प्रदेशमा कुनै किसिमको अबरोध नरहेको बताएको छन । उनले मधेसमा प्रहरी प्रमुखको रूपमा आएपछी यस्तो जनगुनासो आए पछि आफुले कसैले नचिन्ने गरि भारतिय नम्बर प्लेटकै गाडिमा पुरै मधेस प्रदेश घुम्दा कुनै पनि ठाउँमा प्रहरीले गलत नियतले चेकजाँच गरेको आफुले नपाएको समेत बताए । उनले पर्यटकको सुबिधा र सहयोगको लागि चाडै नै मधेस प्रदेशमा पर्यटक प्रहरीको युनिट र संख्यामा समेत वृद्धि गरिने बताएका छन । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजना एबम होटल तथा पर्यटन ब्यबसायी संघ पर्साको सह आयोजनामा आज सम्पन्न पर्यटन सुरक्षा र प्रबर्द्धनमा पर्यटक प्रहरी ,ब्यबसायी र स्थानीयको भुमिका बिषयक अन्तरक्रीया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मधेस प्रदेशका उद्योग ,बाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाले आफूले पर्यटन मन्त्रालयमा अघिल्लो सरकारको पालामा भएको भ्रष्टाचारको समेत खोजबिन गरिने बताएका छन । मन्त्री मियाले आफु भर्खरै मन्त्री बनेकोले अझ धेरै कुरा बुझ्न बाकी रहेको समेत बताए । उक्त अन्तरक्रिया कार्यक्रममा आयोजकको तर्फबाट पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नयब उपरीक्षक रिपेन्द्र सिंहले पर्यटक प्रहरीको कार्यबिबरण को बृत्तचित्रको प्रदर्शन गरेका थिए ।
होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा अध्यक्ष पन्तले मधेस प्रदेशमा प्रहरीहरु पर्यटन र पर्यटन ब्यबसायी मैत्री नभएकोले त्यस तर्फ सुधार गर्न मधेस प्रहरी प्रमुख समक्ष माग समेत गरेका थिए । अध्यक्ष पन्तले होटल तथा पर्यटन क्षेत्रका आम समस्याहरु माथि प्रकाश समाधानका विभिन्न उपायहरु समेत सुझाएका थिए । पर्यटक प्रहरी कार्यालय बिरगंजका प्रमुख प्रनानी प्रराज चौलागाईंले सहजीकरण गरेका उक्त कार्यक्रममा ठोरी गाउँ पालिका प्रमुख लाल बहादुर श्रेष्ठ ,पर्सा राष्ट्रिय निकुन्जका प्रमुख रामचन्द्र खतिवडा ,ओम प्रकाश शरार्फ ,बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले आआफ्नु मन्तब्य राखेका थिए । कार्यक्रममा हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधान ,होटल ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष बिध्यालाल प्रसाद साह , होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधब बस्नेत सचिव सन्दीप बस्नेत ,होटल व्यावसायि महासङ्ह नेपालका केन्द्रिय सदस्य हिरा श्रेष्ठ लगायतको उपस्तिथि थियो ।





