‘वीरगंजमा लम्बा भाषण गरेर ओली फर्किए तर नारायणी रंगशाला उनको प्राथमिकतामा किन परेन्’ ः प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजको बिकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरुको दोहोरो चरित्रका कारण वीरगंजको बिकास ओझेलमा परेको उनले बताए ।
वीरगंज स्थित नारायणी रंगशालाको बिहिवार निरक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जिर्ण बनेको बताए । केही चोर नेताहरुका कारण नारायणी रंगशाला जिर्ण भएको र विभेदको शिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत उनले दिए ।
केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भर्खर वीरगंज आउँनुभएको थियो । के उहाँको नजरमा यो नारायणी रंशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषी औजार कारखाना उहाँको नजर परेन ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो के उहाँको योग्दान केही हुनुपरेन ?’, वीरगंजको बिकासको बारेमा प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको बिकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडीपछाडी गर्नेलाई सोध्ने बेला भएको छ । की त्यो पार्टी छोड या यहाँको बिकासको बारेमा केही गर । वीरगंजमा लुटने काम मात्रै उनीहरुले गरे ।’
वीरगंजबाट राजस्व लिने तर वीरगंजको बिकासका लागि सरकारले केही नगर्ने हो भने अब हामी चुप लागेर बस्ने बेला होईन यसको हिसाब किताब गर्नुपर्ने साहले भने । यहाँबाट ट्रक आउँजाउँ गर्दा त्यसको धुलोधुवा बीरगंजबासीले खानुपर्ने तर सरकारले बिकास नै नगरेपछि अब हामीले कर किन तिर्ने त्यसबारेमा सोच्ने बेला भएको उनले बताए ।
वीरगंजबाट चारगुणा बढी टयाक्स लिने तर सोही परिणाममा यहाँको बिकास किन नगरेको भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्छ । जब यहाँबाट सरकारले बढीभन्दा बढी टयाक्स लिन्छ भने बढी भन्दा बढी बिकास गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘२१औं शताब्दीमा वीरगंजसंग जुन अन्याय, अत्याचार, विभेद भईरहेको छ हामी चुप लागेर बस्दैनौं । वीरगंजको मानसम्मान, बिकास, गौरबका लागि प्रभु साह चुप लागेर बस्दैन । हामी यसको हिसाबकिताब गर्छौं ।’
मधेस बिभिन्न खेलकुदमा मधेस अगाडी रहेको ईतिहास रहेको बताउँदै उनले मधेसलाई पछाडी पार्न खोज्नु दुर्भाग्य भएको बताए । क्रिकेट, कुस्ती, फुटवल, भलिवल लगायतका बिभिन्न खेलमा मधेस जहिले पनि अगाडी भएको बताउँदै उनले यहाँको रंगशालाको पुनर्निमाण गर्नुपर्ने, थप रंगशाला निर्माण गर्दै खेलकुदको बिकासका लागि आफूले योग्दान उनले बताए ।
पर्साका नेताहरु दलालीमा उत्रेको र यस्ता योजनालाई छोडेको प्रति उनले आक्रोश व्यक्त गर्दै प्रभु साहले यस्ता योजनालाई पुरा गर्नका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मधेससंग विभेद, अत्याचार र सौताको व्यवहार सरकारले गरेको आरोप लगाउँदै उनले वीरगंजको बिकासका लागि आजपाले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।
वीरगंजको गौरवको रूपमा रहेको नारायणी रंगशालाको निरीक्षण पश्चात आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसंग केही प्रश्न गर्न मन लाग्यो । गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन ? रंगशालाको बिकास सरकारको प्राथमिकतामा किन परेन ? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन ? देश बदलावमा अग्रणी भुमिका खेलेको वीरगंजलाई यस्तो उजाड़ किन बनाउनु भो ? के बीरगंज प्रयोग गर्ने र फ्याक्ने ठाऊँ हो ? के कर तिर्ने वीरगंजले रिटर्न पाउने अधिकार राख्दैन ? सरकारै सरकार भएको देशमा बीरगंजको लागी सरकार बिहिनता किन ? अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ ? हेक्का राखनु चोरहरू, अब वीरगंज चुप लागेर बसदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।