नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरु सम्मानित
नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरु सम्मानित

वीरगंज १२ माघ
नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघ का निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरु लाई सम्मानित गरेको हो।कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका हुन।
कार्यक्रम लाई सम्बोधन गर्दै उप प्रमुख इम्तियाज आलम ले भने राज्यले गर्ने सही र गलत काम पत्रकारले नै उजागर गर्ने र समाजले पनि पत्रकारलाई नै विश्वास गर्ने भएकोले क्षणिक स्वार्थमा लागेर गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्ने भएकोले त्यस्तोमा नलाग्न आग्रह गरे । स्व:पत्रकार नेहाल खान का परिवारजन लाई सक्दो सहयोग गर्ने र उहाँ को छोरा लाई शैक्षिक संस्था मा तिर्ने रकम मा पनि सहयोग गर्ने प्रतिबधाता गर्नु भयो।
नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रम को उद्घाटन बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले गमला मा पानी हाली कार्यक्रम को उद्घाटन गर्नु भएको थियो।
सो कार्यक्रममा नेपाल पत्रकार महा संघ पर्सा कि उपाध्यक्ष निलिमा पौडेल सचिव विजय चौहान प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाई लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा स्व.पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट ३१ हजार रूपैयाँ नगद सहयोग राशी हस्तान्तरण गरिएको थियो।






