पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

वीरगंज १९ चैत्र

पर्साकाे पर्सागढी नगरपालिकाकाे वडा नं. ३ मा रहेकाे श्री जनता मावि पकडीया बढनिहारकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुगेकाे छ । पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक समेतकाे मिलाेमताेमा गाेप्य रुपमा भएकाे शिक्षक नियुक्ति खारेजकाे माग गर्दै मंगलबार वडाध्यक्ष सहितका अभिभावकहरुले उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजमा मुद्दा दिएका हुन् ।

वडाध्यक्ष सुकमान तामाङ समेतका अभिभावकहरुले विद्यालय, विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, पर्सागढी नगरपालिका लगायतकालाई विपक्षी बनाएर उच्च अदालतमा उत्प्रेष्ण प्रमादेश सम्बन्धि मुद्दा दर्ता गराएका छन् । शिक्षा एन र नमावली अनुसार वडा अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुकाे वडाध्यक्ष स्वयंम संरक्षक र विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि रहने प्रावधान रहेपनि एन नियम उलंघन गर्दै हतार हतारमा भएकाे शिक्षक नियुक्ति खारेज माग गर्दै आफु सहितका अभिभावहरुले मुद्दा दिएकाे वडाध्यक्ष तामाङले वताए।

मिति २०७८ फागुन ३० गते गठित विद्यालय व्यवस्थापन समितिकाे म्याद मिति २०८१ फागुन २९ गते सकेपनि साेही विद्यालय व्यवस्थापन समितिकाे निर्णय अनुसार विद्यालयका प्रधानाध्यापक माेहन प्रसाद चाैधरीले गरेकाे शिक्षक नियुक्तिकाे परक्रिया गलत रहेकाे भन्दै वडाध्यक्ष सुकमान तामाङले विद्यालय, नगरपालिकाकाे कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत प्रकृया स्थगनकाे लागि लिखित तथा माैखिक अनुराेध गरेका थिए ।

आफु सहित स्थानियहरुकाे अनुराेधलाई विद्यालय प्रशासनले अटेर गरी नियुक्ति भएका शिक्षकहरुलाई हाजिर गराएपछि अदालत जानु परेकाे वडाध्यक्ष तामाङले वताए । विद्यालयकाे विषय शिक्षककाे आवश्यकतालाई ध्यानमा राखि मिति २०८१ माघ २७ गतेकाे निर्णय अनुसार नेपाली र लेखा बिषयकाे शिक्षक नियुक्ति गर्नु पर्नेमा पछि गाेप्य रुपमा समाजिक, नेपाली र गणित विषयकाे शिक्षकहरु नियुक्त गरिएपछि आफुले विराेध गरेकाे उनले वताए ।

पर्सागढी नगरपालिकाकाे शिक्षा विधेयक २०७८ र शिक्षा नियमावली २०७९ बमाेजिम शिक्षक तथा कर्मचारी छनाैट सिफारिस समिति मार्फत सम्पूर्ण शिक्षक छनाैट पक्रिया हुनु पर्ने र यस समितिकाे संयाेजक प्रमुख प्रशासकिय अधिकृत हुनु पर्ने प्रावधान मिचिएकाे प्रमुख प्रशासकिय अधिकृत स्वयंमलाई यस बिषयमा जानकारी नभएकाे भनि गैर जिम्मेवार अभिव्यक्ति दिदै प्रमुख प्रशासकिय अधिकृत हरिकिशाेर प्रसाद चन्द्रबंशी आफु पंछिने काम गरेकाे वडाध्यक्ष तामाङकाे भनाई छ ।

यो विषय कुनै भागबण्डा राजनीति र स्वार्थको लडाई नभइ पर्सागढीमा शिक्षामा भाइ, बुहारी, छोरि, ज्वाइँ आफन्त बादको नियुक्तिकाे बिरुद्धमा रहेको वडाध्यक्ष वताउँछन् | उनले समग्र रोजगारीको क्षेत्रमा स्थानीयलाई प्राथमिकता हुनुपर्नेमा स्थानीय उम्मेदवार र माथिल्लो योग्यताक्रमलाई निरुत्साहित गरि राम्रो नभइ हाम्रो शिक्षक छनौटको विरुद्धमा पटक पटकको अनुरोध र उजुरीलाई बेवास्ता गरि जबर्जस्ति शिक्षक हाजिर गराईरहेको खण्डमा हाजिर रजिस्टर स्थानीय प्रशासन र संचारकर्मी लगाएत शिक्षक, प्रअको रोहवरमा लिएको सप्रमाण भिडियो हुँदाहुँदै नगर प्रमुख र प्रअले अभद्र ब्यवहार र ज्यानमार्ने धम्की सहितको जि.प्र.का.पर्सामा गरेको झुठो आरोपको समेत खण्डण गरेका छन् |

 

यस बिषयमा बुझ्न खाेज्दा नगर प्रमुख, शिक्षा शाखा र सम्बन्धित कर्मचारीहरुसंग सम्पर्क समेत हुन नसकेकाे स्थानियहरुकाे गुनासाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।