भूकम्पमा सघाउन राहतसहित नेपाली सेनाको विमान म्यानमार उड्यो

भूकम्पमा सघाउन राहतसहित नेपाली सेनाको विमान म्यानमार उड्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बिहान १०ः४८ बजे सेनाको सीएन–२३५ विमान बंगलादेशको ढाका हुँदै म्यानमारका लागि उडेको हो ।

शुक्रबारको शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट सेनाले मेडिकल सहायता गर्ने जनाएको छ ।

म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो । जसमा कम्तीमा २७ सय मानिसको ज्यान गएको थियो भने ४५ सय बढी सर्वसाधरण घाइते भएका थिए ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, टर्बोप्रोप इन्जिन भएको सेनाको विमानले मेडिकल टोली छाडेर भोली काठमाडौं फर्किने छ । ६ दिनपछि पुन उनीहरुलाई सैनिक विमान काठमाडौंबाट लिन जाने तालिका छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, टर्बोप्रोप इन्जिन भएको सेनाको विमानले मेडिकल टोली छाडेर भोली काठमाडौं फर्किने छ । ६ दिनपछि पुन उनीहरुलाई सैनिक विमान काठमाडौंबाट लिन जाने तालिका छ ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, नेपालको इतिहासमै पहिलोपटक म्यानमारका लागि प्राकृतिक विपद्‌मा सैनिक जहाज पठाइएको हो । प्राधिकरणले यो उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालक दलको टोली तथा स्वास्थ्यकर्मीसहित १६ जनालाई त्यहाँ जान मंगलबार उडान अनुमति जारी गरेको थियो । संभार: कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।